
अमेरिकामा मिल्टन नामक शक्तिशाली समुद्री आँधी फ्लोरिडाको टम्पा खाडीको तटतर्फ अघि बढेको छ । आँधीले ल्याउनसक्ने विशानबाट बच्न फ्लोरिडा प्रशासनले तटीय क्षेत्र खाली गर्न आदेश दिएको छ ।
१० लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा जान भनिएको छ । हेलेन आँधीले विनाश गरेको दुई हप्ताभन्दा कम समयमै अमेरिकामा अर्को ठूलो आँधीले नोक्सान गर्ने देखिएको हो । फ्लोरिडामा आपतकाल घोषणा गरिएको छ । आँधीका कारण १२७ देखि २७० मिलिमिटर वा सोभन्दा बढी वर्षा हुने सम्भावना छ ।
फ्लोरिडाको पश्चिमी भागमा १० देखि १५ इन्चसम्मको उचाइको पानी तथा पूर्वी भागमा ८ देखि ११ इन्चसम्म बढ्ने अनुमान गरिएको छ। यो वर्षा र आँधीबाट बच्नका लागि अमेरिकाले १० देखि १५ वर्ष तयारी रहेको फ्लोरिडाका मेयर जेरी एल डेमिङ्गाले बताए। यस आँधीको शक्ति अबको ३६ घण्टामा कम हुँदै गए पनि यसले धरै स्थान ढाक्ने र यो फैलँदो क्रममा रहने जनाइएको छ।
फ्लोरिडाका मौसमविदका अनुसार फ्लोरिडाको टाम्पाको ४८० माइल दक्षिण पश्चिममा छ। अहिले यसको गति घटी रहेको छ। फ्लोरिडाको पुरै प्रायद्वीपमा यसले असर गर्ने छ। सबै जनालाई सतर्क हुन त्यहाँको सरकारले भनी सकेको छ। फ्लोरिडामा बसोबास गरिरहेको प्युरेटिकाका केही बासिन्दा अहिले आफ्नै स्थानमा फर्किएका छन्। यसै मिल्टन आँधी आउने थाहा भए पनि फ्लोरिडा सरकारले ४६ सय कैदीलाई जेलबाट बाहिर पठाइ दिएको छ।
आजका लागि तय गरिएका १५ सयभन्दा बढी हवाई उडान रद्ध भएका छन् । राष्ट्रपति बाइडनले आफ्नो अन्तर्राष्ट्रिय भ्रमण पनि स्थगन गर्नुभएको सञ्चारमाध्यमले जनाएका छन् ।