७ बैशाख २०८२, आईतवार

हिजबुल्लाह समूहलाई मुलुकबाहिर निकाल्न लेबनानी जनतालाई इजरायली प्रधानमन्त्री नेतन्याहूको आह्वान

Benjamin
फाइल फोटो

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हिजबुल्लाह समूहलाई मुलुकबाहिर निकालेर ‘गाजामा भएको जस्तै विनाशबाट बच्न’ लेबनानी जनतालाई निर्देशन दिनुभएको छ ।

दक्षिण-पश्चिम लेबनानको नयाँ क्षेत्रमा हजारौं सेना पठाएर हिजबुल्लाह विरुद्ध आक्रमक कारबाही गरिरहेको बेला प्रधानमन्त्री नेतान्याहुले लेबनानी जनतालाई यस्तो निर्देशन दिनुभएको हो ।

लेबनानी जनतालाई निर्देशित गरिएको भिडियो सम्बोधनमा नेतन्याहुले लेबनानलाई गाजामा देखेको जस्तो विनाश र पीडा निम्त्याउने लामो युद्धको खाडलमा झर्नुअघि बचाउने अवसर लेबनानी जनता सँग भएको बताउनुभएको छ ।

तीन हप्तादेखि तीव्र इजरायली हमला र अन्य आक्रमणको कारण १४ सय भन्दा बढीको मृत्यु भइसकेको छ भने १२ लाख विस्थापित भएको लेबनानी अधिकारीहरूले बताएका छन् ।

उहाँले इजरायलको रक्षा बलले हिजबुल्लाहका पूर्व नेता हसन नसरल्लाहको उत्तराधिकारी हासेम साफिद्दिनलाई मारेको दाबी पनि गर्नुभएको छ ।