६ बैशाख २०८२, शनिबार

सल्यानमा यात्रुबाहक फोर्स गाडी दुर्घटना, १६ जना घाइते

11177883637610395861

सल्यानमा गाडी दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । नेपालगञ्जबाट रुकुम पश्चिम जाँदै गरेको लु २ ख ५००२ नम्बरको गाडी बिहीबार बिहान सल्यान कुमाख गाउँपालिका ३ बुरेली खोलामा दुर्घटना भएको हो ।

दुर्घटनामा परी रुकुम पश्चिम चौरजहारी नगरपालिका १ का ३३ वर्षीय त्रिलोचन गिरी, सल्यान कुमाख गाउँपालिका ३ का २२ वर्षीय सन्तोष राना, ५५ वर्षीय वसन्त भारती, ३२ वर्षीया गीता बुढा, ६० वर्षीया वसन्ता भारती रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

यस्तै कुमाख गाउँपालिका १ की २८ वर्षीया विष्णु चन्द, ३४ वर्षीय घनश्याम केसी, वडा नम्बर ३ का २२ वर्षीय पारस भारती, २३ वर्षीया सम्झना भारती, वडा नम्बर ६ का २५ वर्षीय हरी सुनार, ३ का १५ वर्षीय विनोद नाथ योगी, १८ वर्षीया विनता नाथ योगी घाइते भएको जिल्ला प्रहरी कार्याललय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशम बहादुर खत्रीले जानकारी दिनु भयो ।

यस्तै वडा नम्बर १ की १३ वर्षीया सलिना शाही, २१ वर्षीय दीपक नाथ योगी, २० वर्षीया सुजाता बुढाथाकी र २० वर्षीया विन्दु लामिछाने रहेका छन् । घाइते १६ जना मध्ये १४ जनाको चौरजहारी मिसन अस्पताल रुकुम पश्चिम पठाइएको छ भने त्रिलोचन गिरी र गीता बुढालाई नेपालगञ्ज रिफर गरिएको उहाँको भनाइ छ ।

ब्रेक फेल भई भित्ताका गाडी ठोक्किँदा गाडीमा सवार २० जना मध्ये १६ जना घाइते भएको प्रहरीको भनाइ छ । गाडी चालक कुमाख गाउँपालिका- ३ का वसन्त बुढाथोकी फरार रहेको र उनको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

    सम्बन्धित समाचार...