८ बैशाख २०८२, सोमबार

‘छक्का पञ्जा-५’ले गर्‍यो सिरिजकै उच्च ओपनिङ, पहिलो दिन दुई करोड क्रस

Deepak Raj Giree Deepa Shree Niroula Kedar Prasad Ghimire Barsha Siwakoti

दसैँको फूलपातीको अवसर पारेर हिजोबाट रिलिज भएको चलचित्र ‘छक्का पञ्जा–५’ले पहिलो दिन सिरिजकै सबैभन्दा उच्च ग्रसकलेक्सन गर्दै ऐतिहासिक सुरुआत गरेको छ।

चलचित्रका निर्माता तथा कलाकार दीपकराज गिरीले ‘छक्का पञ्जा–५’ले सिरिजकै अघिल्ला चार सिरिजको रेकर्ड तोड्दै दुई करोड रुपैयाँ ग्रसकलेक्सन गरेको जानकारी दिएका छन्।

यसअघि, सिरिजको तेस्रो संस्करण ‘छक्का पञ्जा–३’ले पहिलो दिन १ करोड ७० लाख ग्रसकलेक्सन गरेको थियो। दीपकले सोलो रिलिज पाएको भए यो चलचित्र नेपाली फिल्म इतिहासकै ठूलो बन्ने सम्भावना रहेको बताएका छन्।

चलचित्रको राम्रो ओपनिङले दर्शक तथा चलचित्र क्षेत्रमा सकारात्मक सन्देश दिएको दीपकको भनाइ छ।

दीपाश्री निरौलाको निर्देशनमा बनेको चलचित्रमा दीपकराज गिरीसँगै केदार घिमिरे र वर्षा शिवाकोटी मुख्य भूमिकामा रहेका छन्।

आमा सरस्वती मूभिज र आइएमइको प्रस्तुतिमा बनेको सिनेमाको कार्यकारी निर्माता केदार घिमिरे (माग्ने बुढा) र निर्मल शर्मा हुन् । अभिनेता निर्माता दीपक राज गिरीको पटकथा रहेको सिनेमाको कथा र संवाद दीपक, केदार र दीलिप तामाङले मिलेर लेखेका हुन् ।

हरि हुँमागाईको डिओपी, उत्तम हुँमागाईको छायांकन, रोशन श्रेष्ठको द्धन्द्व निर्देशन, कपिल पराजुलीको कलर रहेको सिनेमामा विपिन मल्लको सम्पादन छ । सिनेमालाई श्री ब्यंकटेश इन्टरटेनमेन्ट र माता पाथिभार फिल्मस्ले वितरण गरेका छन् ।

    सम्बन्धित समाचार...