७ बैशाख २०८२, आईतवार

गसिप – विराजजी आफैँले आफैँलाई बाघ हुँ भनेको चाहिँ अलि सुहाएन कि ?

biraj e1729348270265

एक्सन स्टार विराज भट्ट यतिबेला चर्चामा छन् । चर्चामा मात्रै होइन चर्चाको शिखरमा भन्दा पनि हुन्छ । यो चर्चा भएको हो उनको सिनेमा ‘१२ गाउँ’का कारण ।

सुरुमा ‘छक्का पञ्जा’ सिरिजसँग विराजको फिल्म एकै दिन लाग्ने भन्ने कुराले उनले चर्चा पाए । त्यसपछि ‘छक्का पञ्जा-५’को म्याटरमा पेसर ‘छक्का पाञ्जा-५’लाई बहिस्कार गरौँ यसपटक ‘१२ गाउँ’ हेरौँ भन्दै साइबर सेना प्रयोग गरेको भन्ने कुराले विराज चर्चामा रहे ।

अहिले ‘छक्का पञ्जा’लाई टक्कर दिएपछि यतिबेला बिराज अझ बढिनै चर्चामा छन् ।

उनका फ्यानले त सिनेमा हेरै नै, त्यो भन्दा पछिल्लो जेनेरेसन जो नेपाली एक्सन सिनेमाको प्रतिक्षा गरिरहेका थिए उनीहरुले पनि कतिले बिराजको नाम सुनेकाले हेरे होला कतिले समीरको चर्चाले हेरे होला । जे होस् सिनेमा चल्यो ।

यसभन्दा पनि बढी त यतिबेला विराज आफ्नै बोलिले चर्चामा छन् । युट्युबतिर हेरिरहनु भएकै होला विराज यतिबेला पत्रकार र चलचित्रकर्मीविरुद्ध त खनिएकै छन्, त्यसबाहेक रमाइलो कुरा आफैँले आफैँलाई बाघ अभिनेता भनिरहेका छन् ।

अरुले बाघ भनिदिए त ठिकै हो, आफैँले आफैँलाई बाघ हुँ भनेको चाहिँ अलि सुहाएन कि । हुन त ‘कसैले तपाइँ भनिदियोस नभनिदयोस आफैँ मपाइँ’ भन्ने उखान पनि यस्तै चरित्रका लागि बनेको त होला ।

मेरो व्यक्तित्व अन्तर्वार्ता दिँदै हिँड्ने होइन भन्दै हिँडिरहेका छन् विराज, देखिरहनु भएकै छ । मेरो व्यक्तित्व अन्तर्वार्ता दिने होइन भन्दै बाटाबाटामा र ढोकाढोकामा मुखमा बुम ठोसौंलाा झैं गर्दै हिड्नेलाई अन्तर्वार्ता दिँदै हिँडेको चाहिँ उनले पत्तै पाएका छैनन् । बुहारीले लाज लागेर सारीले मुख छोप्दा झनै लाज देखिए झैँ ।

ठिक छ, आ–आफ्नो चाहना हो, कसलाई अन्तर्वार्ता दिने कसलाई नदिने । तर आफ्नो व्यक्तित्व खिशरमा छ भन्नेले अरुको चाहिँ सम्मान गर्नु पर्दैन ? कस्तो संस्कार हो यो । वर्षौंदेखि सँगै एउटै इन्स्ट्रीमा हिँडेका व्यक्तिलाई चिन्दिन चाहिँ किन भन्नुपर्यो ? चुप लागेर बसे त भैगयो ।

सिनेमा चलेर पैसा कमाएको घमण्डले मान्छे नै चिन्न छाडेको हो भने बेग्लै कुरा । तर हेक्का रहोस् बिराज जी सधैँ सबैका सिनेमा चलेका छैनन् । र चल्दैनन् पनि ।

अरुमा किन जानु हुन्छ, केही वर्ष अगाडि फर्किएर आफ्नै सिनेमा ‘साङ्लो’ हेरेपुग्छ । कि बिर्सिसक्नुभयो साङ्लो मैले आफैँले बनाएको सिनेमा थियो भनेर ?

यसैगरी सिनेमा चल्दै जाँदा चलचित्रकर्मी पनि चिन्न छाड्दै जानुभयो भने त अर्को सिनेमा बनाउन्जलेसम्म त आफूबाहेक कसैलाई नदेख्नुहोला नि । अनि एक्लै त सिनेमा बन्दैन होला ? कि बन्छ ? हामीले त अहिलेसम्म एक्लै सिनेमा बने-बनाएको देखेका छैनौँ ।

नबुझेको नि !, सिनेमा यसरी मारामार चल्छ भन्ने थाहा पाएको भए मेरो सिनेमा यसरी चल्छ, यति कमाउँछ, यो दिन यो यो हलमा यति शो पाउँछ भनेर पहिले नै भन्दिएको भए हुन्थ्यो नि ।

तर बिराजजी तपाइँ त सिनेमा रिलिजअगाडि मुसो लुकै झैँ लुक्नु भएको थियो । अहिले के सिनेमा चलेको थियो अनि मलाई कोही चाहिँदैन भन्दिने ? अरुको अस्तित्व नै स्वीकार नगर्दिने ?

ठिक छ मेरो वा अरु कसैको कार्यक्रम अन्तर्वातामा नजानुस्, सबै कार्यक्रमको फर्म्याट सबैलाई मनपर्छ भन्ने पनि छैन । मलाई नै अरुको कार्यक्रमको फर्म्याट मन पर्दैन होला । तर अमपमान चाहिँ किन गर्नु ?

अनि आफैँ म अरुको बारे जज गर्ने को हो र भन्ने अनि आफैँ फलानो र तिलानो पण्डित होइन मुर्ख हो भन्दिने । यो बिरोधाभास भएन र ? अँ यो चाहिँ ठूलो व्यक्तित्व भएको व्यक्तिले भन्ने रैछ ?

जे होस्, फुलपातीको दिनसम्म चलचित्र ‘१२ गाउँ’ तपाईँको थियो । अब दर्शकको भयो दर्शकले मन पराइदिनुभयो । समीरजीले भब्य तारिफ बटुल्नु भएको छ । यो तारिफयोग्य कलाकार नेपाली चलचित्र उद्योगलाई दिएर तपाईंले यो इन्डस्ट्रीलाई लगाएको यहाँको गुनलाई हामी भुल्ने छैनौं । यो हिरो नेपाली चलचित्र उद्यलेगलाई दिनुभएकोमा तपाईं हामी सबैको धन्यवादको पात्र हो ।

फेरि पनि दोहो¥याएर भन्न चाहन्छु होइन, भन्छु नै बिराजजी समीरजीलाई यो अवस्थामा तयार गरेर दिनु भएकोका धेरैधेरै धन्यवाद । बाँकी काम अरु सिनेमामा हेरौंला । तपाईंहरु सिनेमा बनाउँदै खेल्दै जानुस्, हामी समीक्षा गर्दै जाउँला । यही त हो तपाइँ हाम्रो काम ।