
केही दिनदेखि भईरहेको वर्षाका कारण चीनका अधिकांश भूभाग डुवानमा परेको छ । चीनमा आएको भिषण बाढीका कारण व्यापक जनधनको क्षति भएको बताइएको छ । यहाँका १४१ जना व्यक्तिको निधन भएको या हराएको बताइएको छ । तीमध्ये केही व्यक्ति मारिएका र केही बेपत्ता भएका हुनसक्ने बताइएको छ ।
चीनको २७ प्रान्तमा डुवान र बाढीले प्रभावित बनाएको छ । सोमबार विहानसम्म एक सय ४१ भन्दा बढी मानिसले ज्यान गुमाइसेको छ भने बेपत्ता पनि हुन सक्ने बताईएको छ ।

डुवानकै कारण दुई करोड जनालाई सुरक्षित स्थानमा सारिएको छ । यसबाट ३७ करोड बढीलाई प्रभावित बनाएको जनाईएको छ । बाढीले गर्दा २८ हजार घरहरु पूर्णरुपमा द्धस्त भएको जनाएको छ । पछिल्लो आँकडाअनुसार बाढी र डुवानले गर्दा ११ अर्ब अमेरिकी डलर बराबरको क्षती भएको चीनीयाँ पक्षले जनाएको छ।
यो बाढीका कारण ३ करोड ८० लाख व्यक्ति प्रभावित भएका बताइएको छ । चीनका विभिन्न ठाउँमा हालैको अविरल वर्षापछि बाढी आएको हो ।
चीनका २७ स्थानमा बाढीले जनजीवन प्रभावित पारेको बताइएको छ । यहाँ पछिल्ला केही दिनमा आएको यस बाढीबाट २२ लाख भन्दा बढी नागरिकलाई उद्धार गरिएको छ ।
चीनको याङ्चेसहितका कैयौँ नदीमा पानीको सतह बढेपछि बाढी आएको बताइएको छ । बाढीका कारण यहाँका ठूलो संख्याका नागरिक गएको कम्तीमा एक हप्तादेखि नराम्ररी प्रभावित भएका बताइएको छ ।
बाढीका यहाँका २८ हजार भन्दा बढी घर बगाएको या क्षति पुर्याएको छ । यसबाट यहाँको ११ अर्ब अमेरिकी डलर बराबरको क्षति पुगेको बताइएको छ ।
बाढीको त्रास बढ्दै गएपछि चिनियाँ राष्ट्रपति सि चिनफिङले सबै नागरिकलाई आवश्यक मात्रामा सतर्कता अपनाउन आग्रह गरेका छन् । एजेन्सी