
नेपाल प्रिमियर लिग (एनपीएल)को खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार सार्वजनिक गरेको तालिकाअनुसार १५ मङ्सिरको उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्स भिड्नेछन् ।
यो खेल त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा १२ः१५ मा सुरु हुनेछ हुनेछ । कीर्तिपुरसहित देशका विभिन्न स्थानमा हुने उपनिर्वाचनका कारण मंसिर १६ गते कुनै खेल राखिएको छैन । सिंगल राउण्ड रोविनका आधारमा हुने एनपीएलमा लिग चरणमा कूल २८ खेल हुनेछ । लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन् । जहाँ पहिलो र दोस्रो हुने टिमबीच क्वालिफायर वान हुनेछ । यस खेलको विजेता सिधै फाइनल पुग्नेछ । यस्तै तेस्रो र चौथो हुने टोलीबीच एलिमिनेटर हुनेछ ।
एलिमिनेटरमा पराजित हुने टोद्यी बाहिरिनेछ भने एलिमिनेटरको विजेता र पहिलो क्वालिफायरको पराजित टोलीबीच दोस्रो क्वालिफायर हुनेछ । यसको विजेता फाइनल पुग्नेछ । एनपीएलको फाइनल खेल ६ पुसमा हुनेछ । प्रतियोगिताको खेलहरु विश्व चर्चित भारतीय च्यानल स्टार स्पोर्ट्समा प्रत्यक्ष प्रशारण हुनेछ ।
