७ बैशाख २०८२, आईतवार

काठमाडौंका तीन ठाउँमा आज विभिन्न समूहको प्रदर्शन

pradasan

काठमाडौंका तीन ठाउँमा विभिन्न समूहले आज प्रदर्शन गर्दैछन् । नेकपा एमालेले काठमाडौंमा आज जागरण सभा गर्ने भएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीको आयोजनामा आज दरबारमार्गमा जागरण सभा आयोजना गर्न लागेको एमालेले जनाएको छ ।

यस्तै माइतीघरमा सहकारी पीडितहरूको प्रदर्शन चलिरहेको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ समूहले पनि आजै काठमाडौंको कोटेश्वरमा प्रदर्शन गर्दै छ ।

शुक्रबार हुने प्रदर्शनलाई ध्यानमा राखेर सुरक्षाका लागि ५ हजार भन्दा बढी प्रहरी परिचाल गर्न लागिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार...