
नौं लाख रुपैंयाँ घुससहित डिभिजन सिंचाइ कार्यालय खोटाङका प्रमुख नारायणकाजी श्रेष्ठ पक्राउ परेका छन् ।
डिभिजन सिँचाइ कार्यालय खोटाङका प्रमुख नारायणकाजी श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ।
उनलाई मंगलबार कार्यालय खुल्नासाथ सेवाग्राहीसँग ९ लाख ३४ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको हो।
असार अन्तिममा भुक्तानी दिने क्रममा घुस मागेको सूचना पाएपछि अख्तियारले उनलाई ९ लाख रकमसहित नियन्त्रणमा लिएको छ ।
अख्तियारको टोलीले उनलाई मंगलबार कार्यालयबाटै पक्राउ गरेको हो। अहिले कार्यालय सिल गरिएको प्रहरीले जनाएको छ।