६ बैशाख २०८२, शनिबार

१४ महिनादेखि हमासले बन्धक बनाएका विपिन जीवितै रहेको इजरायलकाे दाबी

bipin joshi sp

इजरायलले १४ महिनादेखि प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका विपिन जोशी जीवितै रहेको दाबी गरेको छ । नेपालका लागि नवनियुक्त इजरायली राजदूत शमुलिक ए. वासले प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका जोशी गाजा क्षेत्रमा जिउँदै रहेको सूचना पाएको बताउनुभएको हो ।

विपिनलाई हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायलको अलमिम किवुजबाट बन्धक बनाएर गाजा क्षेत्र लगेको थियो । राजदूत वासले विपिनलाई राखिएको ठाउँ भने अझै पहिचान भइनसकेको बताउनुभयो ।

हमासले विपिनसहित २ सय ५१ जनालाई बन्धक बनाएर गाजा क्षेत्र लगेको थियो । त्यसमध्ये दुई पटक भएको युद्धविराममा १ सय ५ जना रिहा गरिएको थियो भने ८ जनालाई इजरायली सेनाले उद्धार गरेको थियो ।

बन्धकमध्ये ३४ जनाको शव गाजा क्षेत्रमा भेटिइसकेको छ । इजरायलका अनुसार विपिनसहित ९६ जना अझै हमासको नियन्त्रणमा छन् ।

    सम्बन्धित समाचार...