७ बैशाख २०८२, आईतवार

पूर्वमेयर शिवाकोटीलाई ४ दिन थुनामा राख्न अदालतको अनुमति

Dhurba Kumar Sibakoti

आफ्नै घरमा काम गर्न बसेकी एक नाबालिगलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका झापा विर्तामोडका पूर्वमेयर ध्रुबकुमार शिवाकोटीलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । मंगलबार जिल्ला अदालत झापाले उनलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

आफ्नै घरमा काम गर्न राखेकी १७ वर्षकी बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले उनलाई सोमबार पक्राउ गरेको हो।

पीडित बालिकालाई कलेजबाटै भारततर्फ जाँदै गर्दा सोमबार बिहान मात्रै एक संस्थाले काँकडभिट्टाबाट उद्धार गरेर प्रहरीलाई बुझाएको थियो।

ती बालिकाले आफूलाई शिवाकोटीले बलात्कार गरेको भन्दै घर फर्किन मानेकी थिइनन्। त्यसपछि प्रहरीले जाहेरी लिएर अनुसन्धान अगाडि बढाएको हो।

    सम्बन्धित समाचार...