८ बैशाख २०८२, सोमबार

यस्तो छ आजको मौसम पूर्वानुमान

mausam weather

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । यति वेला देशभर मौसम मुख्यतया सफा रहेको छ भने तराईका केही स्थानमा हुस्सु/कुहिरो लागेको अवस्था छ ।

आज दिउँसो देशभर मौसम मुख्यतया सफा रहने छ । आज राति पनि मौसम सफा नै रहने छ ।

महाशाखाले बिहान तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु साथै थोरै स्थानहरूमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन,यातायात तथा हवाई उड्डयनमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु अनुरोध गरेको छ ।

    सम्बन्धित समाचार...