७ बैशाख २०८२, आईतवार

८४ को निर्वाचनमा फेरि २०६४ को झल्को आउने प्रचण्डको दाबी

prac

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले ८४ को निर्वाचनमा फेरि २०६४ को झल्को आउने दाबी गर्नुभएको छ ।

८४ मा पुग्दा माओबादी केन्द्र देशकै शक्तिशाली पार्टी बन्ने उहाँको दाबी छ । रुपन्देहीको तिलोत्तमामा आयोजना गरिएको पार्टी प्रवेश तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले स्थानीय तहको उपनिर्वाचनले माओवादी केन्द्र देशकै शक्तिशाली पार्टी बन्ने संकेत गरेको बताउनु भयो ।

अरु पार्टीका नेता जहाँ गयो त्यहाँ कालो झन्डा देखाउने र मुर्दाबादको नारा लगाउने कार्य भईरहेको बेला आफू जहाँ गयो त्यहाँ हजारौंको संख्यामा जिन्दावादको नारा लाग्ने गरेको बताउनुभयो ।

पूर्व प्रधानमन्त्री समेत रहनुभएका दाहालले नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकारलाई अप्राकृतिकको संज्ञा दिनुभयो । नाफामा गएका संस्थाहरुलाई निजीकरण गर्ने वा विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई सताउनेतर्फ सरकार उद्धत रहेको उहाँको आरोप छ ।