६ बैशाख २०८२, शनिबार

माओवादीलाई अब चुनावी गठबन्धनको आवश्यकता छैनः पुन

barsaman pun
फाइल फोटो

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले गत मंसिर १६ मा सम्पन्न स्थानीय तह उपनिर्वाचनको मत परिणामले आफूहरुसँग गठबन्धन नगरी निर्वाचन लड्नसक्ने तागत रहेको पुष्टि भएको बताएका छन् ।

सोमबार म्याग्दीको बेनी आएका उपमहासचिव पुनले माओवादीलाई गठबन्धन गर्दा भन्दै एक्लै निर्वाचनमा जाँदा जनताको साथ मिलेको बताए ।

पछिल्लो समय निर्वाचनमा एमाले वा कांग्रेस कुनै एक नभई नहुने वा एक्लै निर्वाचनमा जाने कुरा सोच्नै नसक्ने अवस्थामा माओवादीलाई हेरिन थालिएकोमा जनताको अभिमतले त्यसलाई चिरेको उनको दाबी छ ।

उनले भने, ‘पछिल्लो उपनिर्वाचनले एक्लै निर्वाचन लड्न सक्ने तागत माओवादीसँग भएको पुष्टि गरिदियो ।’

माओवादीले उठाएका मुद्दा सही रहेको र ती मुद्दालाई जनताले अनुमोदन गर्दा गत उपनिर्वाचनमा सफलता मिलेको उनले बताए । उनले माओवादीलाई अब निर्वाचनमा गठबन्धन आवश्यक नरहेको बताए ।

    सम्बन्धित समाचार...