७ बैशाख २०८२, आईतवार

अभिनेता अल्लु अर्जुन फेरी पक्राउ पर्ने सक्ने, स्थानिय प्रहरी सर्वोच्च अदालत जाँदै

Pushpa 2early reviews 1733387161308 1733387161629

अल्लु अर्जुनको ‘पुष्पा २’ को प्रिमियरमा फ्यानको मृत्युको विषयमा फेरी ठूलो खबर बाहिर आएको छ ।

तेलंगाना पुलिस अधिकारीहरूले अब यस मामलामा अभिनेता अल्लु अर्जुनलाई दिइएको अन्तरिम जमानतलाई चुनौती दिन सर्वोच्च अदालतमा जाने संकेत गरेका छन् ।

हैदरावादको सन्ध्या थिएटरमा ‘पुष्पा २ः द रुल’ को स्क्रिनिङका क्रममा एक महिलाको मृत्यु भएको मामिलामा गत १३ डिसेम्बरमा अल्लु अर्जुनलाई पक्राउ गरिएको थियो। गत ४ डिसेम्बरमा फिल्मको प्रिमियरको क्रममा अल्लु अर्जुन र संगीत निर्देशक देवी श्री प्रसादको अचानक आगमन पछि हैदराबादको सन्ध्या थिएटरमा ठूलो भीड जम्मा भएको थियो। उक्त भागदौडका क्रममा थिएटरको मुख्य गेट भत्किँदा अराजकता मच्चिएको थियो । दुर्घटनामा ३५ वर्षीया महिलाको मृत्यु भएको छ भने उनका ९ वर्षीय छोरा गम्भीर घाइते भएका थिए ।

सोही केसमा उनलाइ पक्राउ गरिएको थियो । स्थानिय अदालतले १४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिए पनि तेलङना उच्च अदालतले उनलाइ ५० हजारको व्यक्तिगत धरौटीमा ४ हप्ताको लागि अन्तरिम जमानत दिएको थियो । सोको बिरूद्द स्थानिय प्रहरी पुनः सर्वोच्च अदालत जान लागेको भारतीय मिडियाले उल्लेख गरेका छन ।

अभिनेताले आफ्ना वकिलको सहयोगमा उच्च अदालतमा जमानतको निवेदन दिएका थिए । उनलाई ५० हजारको व्यक्तिगत धरौटीमा ४ हप्ताको लागि अन्तरिम जमानत दिइए पनि कागजी काममा ढिलाइका कारण अल्लु अर्जुनले एक रात प्रहरी चौकीमा बिताउनु परेको थियो भने शनिबार बिहान उनी रिहा भएका थिए ।

जमानत पाएपछि अल्लु अर्जुनको सो घटनाका बारेमा बयान दिएका छन । उनले सो घटनालाई ‘धेरै दुर्भाग्यपूर्ण’ भनेका छन । तेलुगु सुपरस्टारले एक विज्ञप्तिमा भने, ‘म सबैलाई धन्यवाद दिन्छु, यो घटना धेरै दुर्भाग्यपूर्ण थियो, हामी जे भए पनि धेरै दुःखी छौं, हाम्रो विचार परिवारसँग छ, यो कसैलाई नहोस् भनेर म समर्थन गर्न तयार छु परिवार हरेक हिसाबले, म सबैप्रति आभारी छु।’ उनले उचित समयमा पीडित परिवारलाइ भेटने प्रतिबद्दता पनि जनाएका छन ।