१६ बैशाख २०८२, मंगलवार

एकैदिन लगनगाँठोमा कसिँदै आरिफ र आशिफ, को हुन दुलही ?

arif asif

नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी आशिफ शेख र आरिफ शेख बिबाह बन्धनमा बाँधिने भएका छन् । पर्साको वीरगन्ज महानगरपालिका– १२ मुली नयाँ टोलनिवासी क्रिकेटर दुवै दाजुभाइ पुस २० गते बिबाह बन्धनमा बाँधिन लागेको पारिवारिक स्रोतले जनाएको छ ।

हालै काठमाडौंमा सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) खेलेका शेख दाजुभाई एनपीएल लगत्तै बिबाह बन्धनमा बाँधिन लागेका हुन् । एनपीएलमा आरिफ सुदूरपश्चिम रोयल्समा खेलेका थिए भने आशिफ जनकपुर बोल्ट्सका मार्की तथा केही खेलका कप्तान थिए । आशिफकै कप्तानीमा सुदूरलाई हराउँदै जनकपुरले उपाधि जितेको थियो ।

आरिफले सबाना खातुनसँग र आसिफले आरजु अन्सारीसँग मुस्लिम परम्पराअनुसार एकैदिन विवाह गर्न लागेका हुन्। यतिखेर होम टाउन विरगञ्जमा रहेका आरिफ(आशिफ बिहेको निमन्त्रणा कार्ड धमाधम बाँडिरहेका छन्।

२६ वर्षीय आरिफ शेख नेपाली राष्ट्रिय टिमका अलराउन्डर खेलाडी हुन् । उनले सन् २०१४ देखि अन्तर्राष्ट्रिय खेल खेल्न थालेका हुन् । उनी नेपाल पुलिस क्लबबाट पनि खेलिरहेका छन् ।

२३ वर्षीय आसिफ शेख नेपाली राष्ट्रिय टिमका ब्याट्सम्यान र विकेटकिपरको रूपमा खेल्ने खेलाडी हुन् । आसिफ उनी सन् २०२१ देखि अन्तर्राष्ट्रिय खेल खेल्न थालेका छन् ।

    सम्बन्धित समाचार...