
दक्षिण कोरियामा भयानक विमान दुर्घटना भएको छ। १८१ यात्रु बोकेको विमान विमानस्थलमा दुर्घटनाग्रस्त हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको छ ।
विमान धावनमार्गबाट बाहिर निस्केको र देशको दक्षिण पश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलको पर्खालमा ठोक्किएको दक्षिण कोरियाली समाचार एजेन्सी योनहापले जनाएको छ ।
१७५ यात्रु र ६ जना चालक दलका सदस्य बोकेको जेजु एयरको विमान थाइल्याण्डबाट फर्किएको थियो र अवतरण गर्ने क्रममा दुर्घटना भएको बताइएको छ ।
योनहापका अनुसार उद्धार अभियान जारी रहँदा एक व्यक्ति जीवितै फेला परेका छन् । उद्दार कार्य जारी रहेको जनाउँदै सो समाचार एजेन्सीले थप बिवरण आउन बाँकी रहेको जनाएको छ।