
काठमाडौंमा आज भूकम्पको धक्का महसुस भएको छ । भूकम्प ७ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
याे भूकम्प बिहान ५:५५ बजे महशुश गरिएको हो।
भूकम्पविद् लोकविजय अधिकारीका अनुसार भूकम्पको केन्द्रविन्दु तिब्बतको दिङ्गीमा छ । तिब्बतमा गएको भूकम्पले काठमाडौंदेखि भारतको दिल्लीसम्म हल्लाएको थियो ।
काठमाडौं उपत्यकालगायत आसपासका जिल्ला तथा तराई मधेसका भु-भागमा पनि भुकम्पको धक्का महशुश गरिएको थियो।
यस भूकम्पबाट पूर्वी नेपालमा क्षति भएको हुनसक्ने अनुमान गरिएको छ ।