
गए राती भएको खेलमा टोटम्ह्याम र न्यु क्यासल बिचको खेल प्रतिसप्रधात्मक रह्यो । टोटम्ह्याम, युरोपा लिग खेल्नको लागी यो खेलका साथै अन्य खेलामा जित निकाल्नै पर्ने अवस्थामा रहेको छ ।
टोटम्ह्याम खेलाडी सोन ह्युङ मिनको २७ औ मिनेटको गोलको अग्रतालाई ५६औ मिनेटमा न्युक्यासलका म्याट रिचिले बराबरी गरेका थिए । देब्रे खुट्टाको कडा प्रहारलाई उनले जाली चुमाएका थिए ।
तर त्यस्को ४ मिनेटमा हेरी केनले टोटम्ह्यामको लागी खेलको दोस्रो गोल गरे । ९० औ मिनेटमा केनले दोस्रो गोल गर्दै खेल ३-१ ले टोटम्ह्यामको पक्षमा लगे ।
यो जित संगै टोटम्ह्याम ५५ अंकमा लिग तालिकाको सातौं स्थानमा रहेको छ ।

त्यसैगरी म्यान्चेस्टार सिटिले बर्नमाउथ माथी २-१ को जित हासिल गरेको छ । लिग तालिकामा दोस्रो स्थानम रहेको सिटिले पहिलो हाफमा डेविड सिल्भा र ज्ञाब्रेल जेसुस को मद्दतले २-० को अग्रता कायम गरेको थियो ।
खेलको छैठौ र ३९औ मिनेटमा गरेको गोलको अग्रतालाई बर्नमाउथ का डेविड ब्रुक्सले ८८औ मिनेटमा गोअ गर्दै २-१ मा झारेका थिए । ३१ अंकका साथ बर्नमाउथ अंक तालिकामा पुछार को तेस्रो स्थानमा रहेको छ ।