
कोरोनाभाइरस संक्रमण अत्याधिक बढेपछि करीव एक दर्जन भारतीय राज्यहरूले उच्च जोखिमयुक्त क्षेत्रहरूमा आंशिक लकडाउन गरेका छन । भारतमा पछिल्लो तीन दिनमा संक्रमित संख्या आठ लाखबाट बढेर नौ लाख पुगेको छ ।
बुधवार मात्रै तीस हजार नयाँ संक्रमित थपिए सँगै भारतम अहिले सम्म नौ लाख ३६ हजार संक्रमित पुगेका छन् । ब्राजिल र संयुक्त राज्य अमेरिका पछि को यो संख्या विश्वमा तेस्रो उच्चतम कुल संक्रमित संख्या हो ।
भारतको स्वास्थ्य मन्त्रालयले मंगलबार जनाए अनुसार भाइरसबाट निको भएका व्यक्तिहरूको संख्या सक्रिय केसहरूको संख्या भन्दा बढी छ । तर धेरै स्वास्थ्य विज्ञहरूका अनुसार स्वास्थ्य मन्त्रालयको तथ्यांकले अवस्थाको गम्भीरतालाई प्राथमिकतामा राखेको छैन ।
१३ करोड भन्दा बढी मान्छे बसोबास गर्ने बेङ्गलुरुको दक्षिणी शहर अहिले नयाँ कोरोना हटस्पटको रूपमा देखापरेको छ । नयाँ हटस्पट बने संगै मंगलबार राती ८ बजे देखी सात दिनको लागी फेरी लकडाउन लगाइएको छ ।
अत्यावश्यक बाहेकका पसल र यातायात संचालनमा रोक लगाइएको छ ।
अधिकारीहरुका अनुसार जुन मध्यमा बेङ्गलुरुमा केवल १,००० कोरोनाभाइरसका केसहरू थिए । परीक्षण र सम्पर्क ट्रेसिंगको सन्दर्भमा भारतका अन्य भागहरू भन्दा बेङ्गलुरुलाई राम्रो मानिएको थियो । तर सोमबार संक्रमण झण्डै २०,००० पुगेको हो । यसका लागी स्वास्थ्य विशेषज्ञहरूले प्रधानमन्त्री मोदिले जूनमा प्रतिबन्ध हटाउन गरेको निर्णय लाई जिम्मेवार मानेका छन ।
त्यसैगरी कारीब १२ करोड जनसंख्या रहेको बिहार राज्यमा पनि बिहिबार देखी थप १५ दिनको लागी लकडाउन लगाइँदै छ । संक्रमित संख्या ह्वात्तै बढेपछी बिहारमा लकडाउन लगाइएको छ ।