८ बैशाख २०८२, सोमबार

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल

nepal

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा पनि नेपाल विजयी भएको छ । लेबनानलाई १-० गोल अन्तरले हराउँदै नेपालले आफ्नो अपराजित यात्रा कायम राखेको हो ।

जितसँगै नेपाल चार देशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ । फाइनलमा नेपालले म्यानमारको सामना गर्नेछ । ‍नेपालका लागि सावित्रा भण्डारी (साम्भा) ले खेलको ४२औं मिनेटमा निर्णायक गोल गरेकी थिइन् ।

यसअघि नेपालले पहिलो खेलमा किर्गिस्तान विरुद्ध पनि १-० कै साँघुरो जित निकालेको थियो । पहिलो खेलमा नेपालले फिनिसिङमा धेरै गल्ती गरेपछि साँघुरो जितमा चित्त बुझाउनु परेको थियो ।

    सम्बन्धित समाचार...