८ बैशाख २०८२, सोमबार

एम्बाप्पे र भिनिसियसको गोलमा रियल म्याड्रिड विजयी, गेटाफेसँग हार्यो एटलेटिको म्याड्रिड

Real 1.jpg 6

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले रायो भल्लेकानोमाथि जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले रायो भल्लेकानोलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडको जितमा किलीयन एम्बाप्पे र भिनिसियस जुनियरले एक एक गोल गरेका हुन् । त्यस्तै रायो भल्लेकानोका लागि पेड्रो डियाजले एक गोल गरेका थिए ।

यो जितपछि रियल म्याड्रिड ला लिगामा दोस्रो स्थानमा उक्लिएको छ । रियल म्याड्रिडको २७ खेलमा ५७ अंक भएको छ । एक खेल कम खेलेको बार्सिलोनासँग समान अंक रहेपनि रियल म्याड्रिड गोल अन्तरका आधारमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै रायो भल्लेकानोको यो हारपछि २७ खेलमा ३६ अंक रहेको छ र लिगमा आठौँ स्थानमा छ ।

यस्तै, ला लिगा अन्तर्गत उपाधि दौडमा रहेको एटलेटिको म्याड्रिड गेटाफेसँग पराजित भएको छ ।

गएरातीनै सम्पन्न अर्को खेलमा गेटाफेले एटलेटिको म्याड्रिडमाथि २-१ गोल अन्तरको रोमान्चक जित हासिल गरेको हो ।

गेटाफेको जितमा दुवै गोल माउरो अरामबारीले गरेका थिए । उनले खेलको ८८औ र ९२औ मिनेटमा गोल गरेका थिए ।

यसअघि एटलेटिकोका लागि एलेक्जान्डर सोरलोथले खेलको ७५औं मिनेटमा गोल गरेका थिए । यस खेलमा खेलको ८८औ मिनेटमा एन्जल कोरियाले रातो कार्ड पाएपछि एटलेटिको म्याड्रिड १० खेलाडीमा सिमित भएको थियो ।

यो हारपछि एटलेटिको म्याड्रिडको २७ खेलमा ५६ अंक रहेको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै गेटाफेको २७ खेलमा ३३ अंक भएको छ र लिगमा ११औ स्थानमा उक्लिएको छ ।
                   
 

    सम्बन्धित समाचार...