६ बैशाख २०८२, शनिबार

निगमले घटायो इन्धनको मूल्य

petrol

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले आज रातिदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो ।

शनिवार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५  तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ४ रुपैयाँले घटाएको छ ।

घटेपछि काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रति लिटर १६३ र डिजेल तथा मट्टितेल प्रति लिटर १५१ भएको निगमले जनाएको छ ।

NOC.jpg 4

    सम्बन्धित समाचार...