६ बैशाख २०८२, शनिबार

सल्यानमा जीप दुर्घटना हुदाँ १७ जना घाइते

jeep accident
सांकेतिक तस्विर

सल्यान, ११ चैत । सल्यानमा जीप दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार कुमाख गाउँपालिकाको तिमिलेबाट श्रीनगर आउँदै गरेको भे १ ज १२१४ नम्बरको जीप सिद्धकुमाख गाउँपालिका–३ फलाटे नजिकै गतियानामा सोमबार बिहान करिब १० बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका सबैलाई तत्काल उद्धार गरिएको र सबैको शारदा नगरपालिका–१ श्रीनगर स्थित शारदा पोलिक्लिनिकमा उपचार भइरहेको जिप्रका सल्यानका प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले जानकारी दिए  । उनका अनुसार उनका अनुसार ब्रेक फेल भएर भित्तामा ठोक्किँदा यात्रुबाहक जीप सडकमै पल्टिएको थियो ।

गाडी चालक शारदा नगरपालिका–१ बस्ने वर्ष २४ का आकाश वादीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरू भएको छ ।

    सम्बन्धित समाचार...