
राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र पक्राउ परेका छन् । मिश्रसहित राजावादी समूहको आन्दोलन परिचालन समितिका संयोजक धवलशमशेर राणा
काठमाडौं प्रहरी परिसरले राजावादी आन्दोलनका नाममा अराजकता मच्चाएको र आगजनी तथा लुटपाट गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरेको हो ।
केहीबेरअघि उनी राजधानीको ग्वार्को क्षेत्रबाट पक्राउ गरेको राप्रपाका प्रवक्ता सगुन लावतीले पुष्टि गरेका छन् ।
आज राजतन्त्र पुनर्स्थापनाको लागि भएको आन्दोलन हिंसात्मक बनेको थियो ।
यस्तै सेफोर्ड लिम्बु, सन्तोष तामाङलाई प्रचलित ऐनअनुसार विभिन्न कसूरमा पक्राउ गरिएको प्रहरीको उच्च स्रोतले जनाएको छ । प्रहरीसँगको झडपका क्रममा १२ जनालाई भने शुक्रबार दिउँसै पक्राउ गरिएको छ । प्रचलित ऐनअनुसार विभिन्न कसूरमा पक्राउ गरिएको प्रहरीको उच्च स्रोतले जनाएको छ ।
प्रहरीले दुर्गा प्रसाईंलाई पनि आजै पक्राउ गर्नेगरि टिम परिचालन गरेको छ । प्रसाईं भने फेशबुकमा स्टाटस लेख्दै सरकारलाई नै चूनौति दिएका छन् ।