
युवाहरुमा बढ्दो कोरोना भाइरस संक्रमण देखिएपछी त्यसको अनुसन्धान गरिरहेका डक्टरहरुले बृद्धहरुमा भन्दा युवा समुहमा केहि फरक लक्षणहरु फेला पारेका छन ।
हालसम्म ज्वरोलाई कोरोनाभाइरसको प्रारम्भिक संक्रमणको रुपमा हेरिएको छ, तर डाक्टरहरुले ३५ बर्ष भन्दा कम उमेरका वयस्कहरूमा पेट दुख्ने र टाउको दुख्ने जस्ता लक्षणहरू देखा पर्ने सम्भावना बढी हुन सक्ने जनाएका छन ।
भान्डर्बिल्ट विश्वविद्यालयका एक संक्रामक रोग प्रोफेसर विलियम शेफनरका अनुसार “नयाँ आएका युवा संक्रमितहरु ज्वरो भन्दा पनि पेट दुखेको समस्या लिएर आउने गरेका छन्” । डाक्टरहरूले अन्य कोविड्-१९ लक्षणमा माइग्रेन(टाउको दुखाइ), वाकवाकी, र पखाला जस्ता समस्याहरु भेटेका छन ।
उनि थप्छन “हामिले के पत्ता लगायौ भने भाइरसले विभिन्न किसिमका क्षति गर्न सक्छन् । यस्ता क्षतिहरु बिना कुनै लक्षण, हल्का लक्षण, अथवा एकै साथ धेरै लक्षणहरू देखिएर हुने गर्छन ।”
संयुक्त राज्य अमेरिकाको रोग नियन्त्रण र रोकथाम केन्द्र (सिडिसि)का अनुसार निम्न लक्षण्हरु कोविड्-१० का लक्षण भित्र पर्दछन्:
- ज्वरो वा चिसो अनुभव हुनु
- खोकी
- सास फेर्न वा सास फेर्न कठिनाई
- थकान
- मांसपेशी वा शरीर दुखाइ
- टाउको दुखाई
- स्वाद वा गन्ध थाहा नपाउनु
- घाँटी दुख्नु
- नाक बन्द हुनु वा नाक बहनु
- वाकवाकी वा बान्ता
- पखाला
सीडीसीका अनुसार यी लक्षणहरू भाइरसको प्रारम्भिक संपर्क पछि करिब २-१४ दिन भित्र देखा पर्दछ।
३४ बर्ष भन्दा माथि उमेरका व्यक्तिहरूको लागि, सबैभन्दा सामान्य लक्षणहरू खोकी, ज्वरो, सास फेर्न समस्या, थकान आदी रहेका छन ।
डाक्टरहरू लक्षण महसुस गर्न थालेको करिब चार दिनपछि परीक्षण गर्ने सल्लाह दिन्छन् । त्यस तरीकाले भाइरस स्वाबमा देखा पर्नेछ र जाँच सही तरिकाले हुनेछ ।एजेन्सी