
नेपालमा थप एकजना व्यक्तिको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।
कोरोना संक्रमणका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक जनाको मृत्यु भएको हो ।
धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत सप्तरी राजविराज नगरपालिका–१ घर भएका ७३ वर्षीय कोरोना संक्रमित वृद्धको मृत्यु भएको अस्पतालले श्रोतले जानकारी दिए।
‘उहाँको हिजो बेलुका ५ बजेतिर संक्रमण पोजेटिभ आयो तर राति साढे १० बजे उहाँको मृत्यु भयो,’ उनले भने।
गत बुधबार वृद्धलाई अस्पताल भर्ना गरिएको थियो। मुटुका विरामी समेत रहेका उनलाई भर्ना गर्दा ज्वरो र खोकी पनि देखिएको थियो।
त्यसपछि अस्पतालले आकस्मिक कक्षबाट उनलाई आइसोलेसनमा राखेर उपचार गरिएको थियो।
प्रवक्ता डा.सापकोटाले मृतकलाई उच्च रक्तचाप, मधुमेह, मुटुको रोगबाट समेत ग्रस्त रहेको बताए । मृतकको परिवारले उपचारका लागि अस्पताल ल्याएको हुनाले कन्ट्रयाक्ट ट्र्यासिङको कार्य समेत अघि बढाएको अस्पतालले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो । उनको शवलाई प्लास्टिकले बेरेर राखिएको उनले बताए ।
अहिले मृतकको शवलाई अस्पतालमै राखिएको छ। शवलाई व्यवस्थापन गर्नेबारे सेनाको टोलीसँग कुरा भइरहेको अस्पतालले जनाएको छ। यता सुरक्षा निकायले शवको व्यवस्थापन गर्ने भएकाले त्यसको तयारी भइरहेको प्रतिष्ठान जनाएको छ ।
यससँगै नेपालभर कोरोनाबाट मृत्यु हुने व्यक्तिहरुको संख्या ४० पुगेको छ ।