
सांकेतिक तस्विर
नेपालमा आज (शनिबार्) ३३३१ पिसिआर टेस्ट भएकोमा थप ५७ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ भने ५८२५ जनामा सक्रीय संक्रमण देखिएको छ ।
यो सँगै नेपालमा निको भएका र संक्रमित गरेर कोरोना संक्रमितको कुल संख्या १७ हजार ५०२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १०३ जना र आज सम्म ११,६३७ संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।
हाल क्वारेन्टिनमा २३,२७५ जना रहेका छन् । अहिलेसम्म नेपालमा कोरोनाका कारण ४० जनाको ज्यान गएको छ।