
शनिबार राति भएको एफए कप फुटबलको सेमिफाइनलमा आर्सनलले २–० को नतिजा निकाल्दै फाइनल यात्रा तय गरेको छ । आर्सनलले साविक बिजेता म्यानचेस्टर सिटीलाई स्तब्ध पार्दै फाइनल यात्रा तय गरेको हो ।
आर्सनलको जितमा पिएरे अबुमायाङले दुवै गोल गरेका थिए । अबुमायाङले खेलको १९औ र ७१औ मिनेटमा गोल गरेका थिए ।
दोस्रो सेमिफाइनल खेल आज राती चेल्सी र म्यानचेस्टर यूनाइटेड बिच नेपाली समय अनुसार राती १०:४५ बजे हुँदै छ । आर्सनल र दोस्रो सेमिफाइनल विजेता बिच उपाधिको लागी अगष्ट १ मा फाइनल खेल हुनेछ ।
जितसँगै एफए कपको सर्वाधिक १३ पटकको च्याम्पियन आर्सनल पुनः उपाधि नजिक पुगेको छ ।
