
नेपालमा आज (मंगलबार) ३,९६३ पिसिआर टेस्ट भएकोमा थप १५० जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ भने ५,४७७ जनामा सक्रीय संक्रमण देखिएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ९९४ पुगेको छ ।
७ जिल्ला कोरोना संक्रमित मुक्त भएका छन भने आज काठमाडौंमा ८ जना र ललितपुरमा १ नयाँ संक्रमित थपिएका छन ।
पछिल्लो २४ घण्टामा ६०९ जना र आज सम्म १२,४७७ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।
त्यस्तै हालसम्म मृतक ४० जनामा काेराेना पुष्टि भएकाे छ।