
मंगलवारदेखि त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरु पुनः सञ्चालन हुने भए पनि नेपाल सरकारले निषेध गरेका कार्यहरु पनि बन्द रहनेछन । नियमित पठनपाठन नहुँदासम्म वैकल्पिक पठनपाठन भने सञ्चालन हुनेछन्।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै क्याम्पस तथा कार्यालयहरु कोरोना भाइरसको संक्रमण शुरु भएसँगै २०७६ चैत १० गतेदेखि बन्द गरिएको थियो। सरकारले २०७७ चैत ११ गतेबाट राष्ट्रव्यापी लकडाउन घोषणा गरेपछी शैक्षिक गतिविधिहरु स्थगित रहेको थियो।
विश्वविद्यालयको प्रशासन २०७७ असार १ गतेदेखि खुले पनि शिक्षकहरुलाई भने सार्वजनिक बिदा दिइदै आएको थियो। मंगलवार सरकारले लकडाउन अन्त्य गर्ने निर्णय गरेसँगै उक्त सार्वजनिक बिदा समाप्त गरी शैक्षिक गतिविधि पुनः सञ्चालनमा आउन लागेको हो।
