
नेपालमा आज (बुधवार) ३,७७९ पिसिआर टेस्ट भएकोमा थप १०० जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ भने ५,३६८ जनामा सक्रीय संक्रमण देखिएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार ०९४ पुगेको छ । हाल क्वारेन्टाइनमा २०,८४२ जना रहेका छन ।
७ जिल्ला कोरोना संक्रमित मुक्त भएका छन भने आज काठमाडौंमा ३ जना नयाँ संक्रमित थपिएका छन ।
पछिल्लो २४ घण्टामा २०७ जना र आज सम्म १२,६८४ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।
त्यस्तै हालसम्म मृतक ४० जनामा काेराेना पुष्टि भएकाे छ।