
उदयपुरको बेलका नगरपालिकाकी उपमेयर राजकुमारी चौधरीले सरकारप्रति तीव्र असन्तुष्टि जनाउँदै पदबाट राजीनामा दिने घोषणा गरेकी छन्।
बुधबार साँझ फेसबुकमा स्टाटस लेख्दै जनतासँग माफी माग्दै पद पार्टीलाई हस्तान्तरण गर्ने जानकारी गराएकी हुन्।
उनले सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै नगरपालिकाभित्र भएका काला कर्तुतको विषय कार्यान्वयन नभइपछी राजिनामा दिनु परेको जनाएकी छन् ।
‘उपमेयर पद पार्टीलाई हस्तान्तरण गर्न चाहन्छु, जनतासँग माफी माग्न चाहन्छु। कालो कर्तुतहरूका विषयमा कार्यान्वयन हुँदैन। धिक्कार छ, दुईतिहाइ सरकार!’

नगरपालिका भित्र कर्मचारी विवादमा उनले राजिनामा दिएकी खुल्न आएको छ । यद्यपि, उपमेयरले विषयवस्तु भने खुलाएकी छैनन्।
चौधरी तत्कालीन नेकपा एमालेबाट २०७४ सालको स्थानीय तहको निर्वाचनबाट उपमेयरमा निर्वाचित भएकी हुन्। स्रोतका अनुसार नगरपालिकामा कर्मचारीको विषयमा विवाद भएको छ।
यस्तै बेलका नगरपालिका फेसबुक अकाउन्टबाट पनि उपमेयर चौधरीले राजीनामा दिने घोषणा गरेको जानकारी दिइएको छ।