
नेपालमा आज (बिहिबार) ३,४८१ पिसिआर टेस्ट भएकोमा थप १४७ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ भने ५,३५८ जनामा सक्रीय संक्रमण देखिएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार २४१ पुगेको छ । हाल क्वारेन्टाइनमा २०,०९८ जना रहेका छन ।
काठमाडौंमा ५, ललितपुरमा २ र भक्तपुरमा २ जना गरेर उपत्यकामा ९ जना संक्रमित थपिएका छन ।हिजो सम्म ७ जिल्ला संक्रमित मुक्त थियो भने आज त्यो घटेर छ वटा जिल्लामा सिमित भएको छ ।
पछिल्लो २४ घण्टामा १५६ जना र आज सम्म १२,८४० जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।
त्यस्तै हालसम्म मृतक ४३ जनामा काेराेना पुष्टि भएकाे छ।