२९ बैशाख २०८२, सोमबार

एक युवतीमाथि सीतापाइलामा एसिड प्रहार

attac

बिहीबार साँझ सीतापाइलामा एक युवतीमथि एसिड प्रहार भएको छ ।

ओखलढुंगा घर भएकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार भएको प्रहरीले बताएको छ । घरबाट दही किन्न भनेर निस्किएकी उनीमाथि एसिड प्रहार भएको हो ।

उनको अनुहारमा एसिड परेको छ र कीर्तिपुरस्थित अस्पताल लगिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख श्यामलाल ज्ञवालीले जानकारी दिए ।

उनलाई कसले एसिड प्रहार गरेको हो भन्नेबारे खुल्न नसकेको महानगरीय प्रहरी बृत्त स्वयम्भुका डीएसपी निरञ्जनदत्त भट्टले जानकारी दिए । 

एसिड प्रहार गर्ने युवा भने फरार भएका छन । उनले एसिड प्रहार गर्नेको खोजी हुनुका साथै यस सम्बन्धमा अनुसन्धान भइरहेको जानकारी दिए । 

सम्बन्धित :
नेपाली युवतीमाथी तेजाब फाल्ने भारतीयलाई ८ वर्ष कैद