
भारतीय सीमामा १ सय १० फिट अग्लो नेपालको राष्ट्रिय झण्डा फहराइएको छ ।
वीरगन्जको शंकराचार्य प्रवेशद्वारमा १ सय १० फिट अग्लो नेपालको राष्ट्रिय झण्डा फहराइएको हो । जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा झण्डाको उद्घाटन गरिएको हो।
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम निर्वाचन क्षेत्र नम्बर १ पर्साको विकास कोषबाट १० लाख र सांसद प्रदीप यादवको निजी खर्च ३ लाख ६२ हजार रुपैयाँको लगानीमा निर्माण भएको हो |
भारतको रक्सौलबाट वीरगञ्ज छिर्ने मुख्य नाका इनर्वास्थित शंकराचार्य प्रवेशद्धारकै अगाडि १ सय १० फिट अग्लो फलामे टावर (पोल) निर्माण गरी त्यसमा ३० फिट लम्बाइ र १५ फिट चौडाइको राष्ट्रिय झण्डा फहराइएको सांसद यादवले बताए ।
तत्कालीन समाजवादी पार्टी पर्साका अध्यक्ष राम नरेश प्रसाद यादवको अध्यक्षतामा भएको फ्ल्याग टावर उद्घाटन कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कार्की, प्रहरी उपरीक्षक गंगा पन्त, जिल्ला समन्वय समिति पर्साका सभापति नेक महम्मद अन्सारी, तत्कालीन समाजवादी पार्टी पर्साका सचिव तबरेज अहमद, वीरुगन्ज १६ की कार्यवाहक वडाध्यक्ष सुनीता देवीलगायत उपस्थित थिए ।




तस्वीर- सांसद प्रदीप यादव