
लकडाउन खुलेपछी भदौदेखि शुरु गरिने भनिएको पूर्वाञ्चाल विश्वविद्यालयको परीक्षा नहुने भएको छ । पूर्वाञ्चल विश्वविद्यालयले भदौदेखि परीक्षा सञ्चालन गर्ने तयारी गरेकोमा अब सो परीक्षा नहुने भएको हो।
सामाजिक दुरी कायम राख्दै परीक्षा अघि बढाउने तयारी गरेको पूर्वाञ्चाल विश्वविद्यालयले कोरोनाको महामारी नरोकिँदा सम्म परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
विश्वविद्यालयले एक सुचना जारी गर्दै परीक्षा स्थगन भएको जनाएको छ ।

त्यस्तै पोखरा विश्वविद्यालयले भने परीक्षा भदौ अन्तिममा सुरु गर्ने भएको छ । एक सुचना जारी गर्दै विश्वविद्यालयले भदौ अन्तिममा सुरु गरेर दशैं अगाडि नै परीक्षा सम्पन्न गरिसक्ने जनाएको छ ।
विश्वविद्यालय पदाधिकारी विहीन रहेको र लामो दूरीका गाडी भदौ १ बाट सञ्चालनमा आउने भएपछि भदौको अन्तिमबाट परीक्षा सञ्चालन गर्न सम्भव हुने भन्दै भदौको अन्तिम साताबाट परीक्षा गर्नेगरी तयारी अगाडि बढाएको विश्वविद्यालयले जनाएको छ।

तर त्रिभुवन विश्वविद्यालयका विद्यार्थी संगठन तथा सरोकारवालाहरुले भदौको दोस्रो साताबाट सञ्चालन हुने परीक्षाको चर्को विरोध गरिरहेका छन्।