
यसै भदौ २९ गते कुलमानको चार वर्षे कार्यकाल कार्यकाल सकिँदैछ । उनि २०७३ सालको भदौ २९ गते प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् बैठकबाट प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका हुन ।कुलमानको कार्यकाल आउँदो भदौ २९ गते सकिँदैछ ।
यी चार वर्षमा घिसिङले नेपाललाई लोडसेडिङ मुक्त गर्दै घाटामा गएको प्राधिकरणलाई नाफामा पुर्याएका छन् । उनले दैनिक १८ घन्टा लामो लोडसेडिङ हटाउन र ९ अर्ब रुपैयाँ घाटामा रहेका प्रधिकरणलाई नाफामा लग्न सफल भएका छन् ।
विद्युत चुहावट न्यूनीकरण र रुग्ण आयोजनाको निर्माण सम्पन्नका लागि काम लगायतका काम गरेर चरम घाटामा रहेको प्राधिकरणलाई नाफामा लगेर चर्चा कामाएका कुलमानलाई सरकारले पुनः नियुक्त गर्ला कि नगर्ला भन्ने बसह शुरु भएको छ । अर्को ४ वर्षको लागि उनलाई कार्यकारी निर्देशकमा पुनः नियुक्ती गर्नको लागि कुनै ऐन, नियम बाधक देखिदैन भने पुनः नियुक्तीको निर्णय विभागीय मन्त्री वर्षमान पुन र प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयमा भरमा रहन्छ ।
चार वर्षे कार्यकालमा के गरे कुलमान ले ?
- बर्खायाममा समेत दैनिक ८ घन्टा लोडसेडिङ भोगिरहेको अवस्थामा घिसिङले सोही वर्षको लक्ष्मीपूजाको दिनदेखि काठमाण्डौ उपत्यकालाई लोडसेडिङमुक्त बनाए ।
- हिउँदमा दैनिक १८ घन्टासम्मको लोडसेडिङ हटाएर वर्खायाममा बिजुली बेच्न सक्ने बनाउनमा पनि भूमिका खेले।
- चमेलिया, कुलेखानी तेस्रो, त्रिशूली थ्रि ए लगायतका रुग्ण जलविद्युत आयोजना सम्पन्न गरे ।
- प्रशारणलाइन र सबस्टेसनको निर्माण र मर्मतलाई प्राथमिकता राखी काम तदारुकताका साथ अगाडी बढाए ।
- २०७३ सालको भदौ २९ गते कार्यकाल सम्हाल्दा ९ अर्ब रुपैयाँ घाटामा रहेका प्राधिकरणलाई उनले आर्थिक वर्ष २०७५/७६ सम्म ९ अर्ब ८१ करोड २५ लाख रुपैयाँ खुद नाफामा लग्न सफल भए ।
- प्राधिकरणको सहायक कम्पनीहरु मार्फत निर्माण भएका आयोजनहरु द्रुत रुपमा अगाडी बढेका छन ।
- काठमाण्डौ उपत्यकमा अब्यवस्थित रुपमा रहेको पोलका तारलाई जमीनमुनिबाट बिछ्याउने कार्य भइरहेको छ ।
- स्मार्ट मिटरको काम अघि बढेको छ ।
नेपाली जनाताले प्रत्यक्ष अनुभव गरेका लोडसेडिङ को अँध्यारोबाट मुक्तिलाई उनको सर्वाधिक सफल कार्यका रुपमा नेपाली जनताले जानेका छन् । कुलमान घिसिङको कार्यकाल समाप्तिलाई लिएर आम नगरिकमा उत्तिकै चासो रहेको छ ।