
विभिन्न बहानामा हैरानी दिई मोबाइल र नगद लिएको अभियोगमा कीर्तिपुर नगरपलिका-२ ट्याङलाफाँट बस्ने गोबिन्द बहादुर साउदलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । उनि प्रहरी प्रधान कार्यालयमा प्रहरी सहायक निरीक्षक पदमा कार्यरत छन ।
साउदले चोरी भएको मोबाईल ट्रेस गरी उक्त मोबाइल प्रयोगकर्ता लाई विभिन्न बहानामा फसाउँछु भन्दै हैरानी दिएका थिए । उनले मोबाइल प्रयोगकर्ताबाट मोबाइल तथा नगद समेत लिएको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालय र महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
साउदको साथबाट १० थान एक हजार दरका नोट र २ थान मोबाइल बरामद भएको छ ।