
वॉल स्ट्रीट जर्नलले जनाए अनुसार गुगलले आफ्ना कर्मचारीलाई घर बाट काम गर्ने नीति जून २०२१ सम्म विस्तार गर्दैछ। गुगलले कर्मचारीहरूलाई जुलाई ६ मा अफिस फर्कन भनेको थियो तर त्यो मिति सेप्टेम्बरमा धकेलियो।
गुगलका सीईओ सुन्दर पिचाईले यो निर्णय आंशिक वा भर्चुअल स्कूलमा पढ्ने बच्चाहरुको अभिभावकहरूलाई मद्दत होस भनेर लिइएको बताइएको छ ।
अन्य टेक कम्पनीहरूले २०२० को अन्त्य अथवा २०१२१ को शुरु तिर अफिस खुल्ला हुने भनेका छन जसमा गुगल सबै भन्दा ढिला अफिस खोल्नेमा पर्नेछ । ट्वीटरले भने कामदारहरूलाई घरबाट स्थायी रूपमा काम गर्न सक्ने बताएको छ।