
यौनशोषणको आरोपमा युट्युबर अर्जुन शिवाकोटीलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाईएको छ ।
विश्व हिन्दु महासंघको पदाधिकारी र युट्युबरका रुपमा आफूलाई चिनाउने अर्जुन शिवाकोटीलाई जिल्ला अदालत काठमाडौँको आदेशले डिल्लीबजार कारागार चलान गरिएको छ ।
बानियाँटारकी १२ र १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा शिवाकोटीलाई थुनामा पठाउन आदेश भएको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले जानकारी दिए ।
महानगरीय अपराध महाशाखाले असार १५ मा शिवाकोटीलाई पक्रेर अनुसन्धान गरेको थियो । ३८ वर्षीय शिवाकोटीलाई काठमाडौँका दुई किशोरीलाई बलात्कार गरेका थिए । शिवाकोटी ‘मेकिङ नेपाल’ युट्यब च्यानलका सञ्चालक हुन् । शिवाकोटीले १४ वर्षीया र १२ वर्षीया किशोरीलाई पटक–पटक यौन शोषण गर्ने गरेको उजूरी परेको थियो ।
शिवोकाटीले पीडित बालिकाको परिवारलाई हत्या गर्ने धम्की दिएर करणी गरेको भन्दै उजुरी परेको थियो । शिवाकोटीले प्रहरी प्रशासनसँग समेत राम्रो चिनजान भएको बताएपछि बालिकाका बुबाआमा न्याय खोज्दै महानगरीय अपराध अनुसन्धान महाशाखासम्म पुगेका थिए ।
घटना संवेदनशील भएकाले महाशाखाले एक जना महिला डीएसपीलाई खटाएर अनुसन्धान गरेको थियो । प्रहरी प्रशासनसँग समेत राम्रो चिनजान भएको बताएपछि बालिकाका बुबाआमा न्याय खोज्दै महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुसम्म पुगेका थिए ।
०७६ असोजदेखि १४ वर्षीया किशोरीलाई उनले डर, त्रास देखाएर बलात्कार गर्दै आएका थिए । पछि, १२ बर्षीयालाई समेत बलात्कार गर्न थाले । बलात्कृत किशोरीका आमा, बुबासँगै अर्जुन चार बर्षदेखि एउटै घरमा बस्थे ।
पीडित किशोरीको आमासँगै व्यवसाय समेत गर्ने हुनाले छोरीहरुले उनलाई अंकल भनेर बोलाउँथे । अर्जुनले त्यही सामिप्यताको फाइदा उठाए ।
यौन दुर्व्यवहार गरेको थाहा पाएपछि पीडितका परिवारले कुरा उठाउँदा आरोपीले मार्ने धम्की दिँदै ‘म पत्रकार भएकाले प्रहरीले पनि मलाई केही गर्न सक्दैन’ भनेर डर देखाएको पीडितले बताएका छन् ।