
सुनको भाउले आज फेरि नयाँ रेकर्ड बनाएको छ । मूल्य बढेर तोलाकै एक लाख रूपैयाँ नजिक पुगेको हो।
तोलामा ३ सय रुपैयाँ बढेर तोलामा ९९ हजार ३ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यो अहिलेसम्मकै महँगो भाउ हो । केही दिनदेखि सुनको भाउ लगातार बढिरहेको छ । हिजो तोलामा ५ सय रुपैयाँ बढेर सुनको भाउ तोलामा ९९ हजार रुपैयाँ तोकिएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (शुक्रबार)का लागि छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ३०० रूपैयाँ तोकेको छ, जुन हालसम्मकै उच्च मूल्य हो। यससँगै सुनको मूल्यमा कीर्तिमान बनेको छ।
बिहीबार नेपालमा सुन प्रतितोला ९९ हजार रूपैयाँमा कारोबार भएको थियो। लकडाउन खुकुलो भएसँगै कारोबार सुरू भएपछि सुनको मूल्य दैनिक बढेर कीर्तिमान बन्दै आएको थियो।
कोरोनाका कारण विश्व अर्थतन्त्र ओरालो लागिरहेका बेला लगानीकर्ता सुनमा आकर्षित हुँदा भाउ बढेको हो । नेपालमा पनि त्यसकै प्रभावले सुनको भाउले दिनहुँ नयाँ रेकर्ड बनाइरहेको छ ।
महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेका कारण नेपालमा पनि त्यसको असर देखिएको हो। अमेरिकी डलर तथा कच्चा तेलको मूल्यमा हुने घटबढले पनि सुनको मूल्यमा प्रभाव पर्ने गरेको छ।
चाँदीको भाउ भने आज एकैदिन तोलामा २५ रुपैयाँ घटेर तोलाको १२ सय रुपैयाँ निर्धारण गरिएको छ । हिजो चाँदी तोलामा १२ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।