
आज राती हुने एफए कप फाइनल खेलमा आर्सेनल र चेल्सी लन्डनको वेम्बली स्टेडियममा खेल्दैछन्। फाइनलको यात्रा तय गर्न आर्सनलले म्यानचेस्टर सिटीलाई २-० ले हराएको थियो भने चेल्सीले म्यानचेस्टर युनाइटेडलाई ३-१ ले हराएको थियो।
यो खेल दुबै टिमको लागि निकै महत्वपूर्ण छ तथापी आर्सनलको लागी अत्याधिक महत्वपूर्ण छ । आर्सनलले आजको खेल जितेमा यूरोपा लिग को लागी छनोट हुनेछ । चेल्सीले खेल जितेको खण्डमा आर्सनलको सपना चकनाचुर हुनेछ ।
यस वर्षको प्रिमियर लिगमा आठौं स्थानमा रहेको आर्सनलले यूरोपा लिगको लागि क्वालिफाइ हुनको लागी आजको खेल जित्नै पर्ने दवाब छ । आर्सेनलका माइकल अर्टेटा र चेल्सीका फ्रान्क लैम्पर्ड दुबै म्यानेजरका रूपमा पहिलो ट्रफी जित्ने ताकमा छन्।
आर्सनलले हालसम्म १३औं पटक एफए कप जितिसकेको छ । खेल आज राती नेपाली समय अनुसार राती १०:१५ बजे हुँदैछ ।