
सिन्धुपाल्चोकको मेलम्चीमा पहिरो जाँदा ९ जना पुरिएका छन् । पहिरोमा ९ जना पुरिएकामा एक जनाको उद्धार भएको छ ।
लगातारको वर्षासँगै राती सुतिरहेका बेला टहरामाथिको ढिस्को खसेर उनीहरु पुरिएका हुन् । उनिहरु सबै वाग्मती प्रदेश सरकारले निर्माण गर्न लागेको कभर्ड हल बनाउन खटिएका कामदार हुन ।
स्थानीय बासिन्दा, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धारका लागि खटिएका छन्।