
नयाँ कोरोना संक्रमितको संख्या फेरि ह्वात्तै बढ्न थालेको देखिएको छ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५१ जना कोरोना संक्रमित थपिएका छन्।
सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं उपत्यकामा ५१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
काठमाडौंमा ४३, भक्तपुरमा ५ र ललितपुरमा तीनजनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।