
रुपन्देहीको देवदहमा रहेको क्वारेन्टिनमा मट्टीतेल खन्याएर आगो लगाएका युवाको मृत्यु भएको छ।
रुपन्देहीको देवदहमा रहेको क्वारेन्टिनमा सुरक्षा गार्ड बसेका एक युवाले आत्मदाहको प्रयास गरेका छन् ।
देवदह नगरपालिका वडा नम्बर ७ शित्तलनगर स्थित क्वारेन्टिनमा सुरक्षा गार्ड बसेका २४ वर्षका विपिन बस्यालले शरीरमा मट्टीतेल खन्याएर आफैलाई आगो लगाएका हुन्।
आत्महत्या प्रयास गरेका युवाको अवस्था गम्भीर रहेको र उनको देवदह मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
मंगलबार बिहान करिब ३ बजेतीर मट्टीतेल खन्याएर आत्मदाहको प्रयास गरेको देवदह नगरपालिकाका प्रमुख हिरा खत्रीले जानकारी दिए ।
देवदह वडा नम्बर ५ मितेरीटोल घर भएका विपिन कोरोना महामारी फैलिएसगै वडा नम्बर ७ शित्तलनगर स्थित मगर संघको भवनमा बनाइएको क्वारेन्टिनमा काम गर्दै आएका थिए।
उनले किन आफ्नै शरीरमा आगो लगाएका हुन् भन्ने खुल्न सकेको छैन।
शरीरको धेरै भाग जलेको र उनी बोल्न सक्ने अवस्थामा नरहेकोले सोधपुछ गर्न नसकिएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको बारेमा अनुसन्धान सुरू गरेको बताएको छ।