
भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ । आजका दिन एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिङ्गारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ ।
यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।
काठमाडौंमा कोरोना संक्रमण बढीरहेको अव्स्थालाई उजागर गर्दै स्वास्थ मन्त्रालयले सर्वसाधरणलाई सावधानी अपनाउन आग्रह गर्दैआएको छ । यद्यपि स्वास्थ मन्त्रालयको आग्रहको बेवास्ता गर्दै सर्वसाधारण दिवङ्गत भएका आफन्तको सम्झनामा गाईजात्रा मनाउँदै छन ।
वसन्तपुरमा देखिएको दृश्यमा १२ वर्ष मुनिका बालबालिकाहरुलाई पनि जात्रामा समावेश गरिएको पाइएको छ । स्वास्थ मन्त्रालयले १२ वर्षमुनि र ६० वर्ष माथि उमेरकालागी घर भित्रै बस्नु भनेर आग्रह गरेको छ ।








