
आइतबार स्वास्थ्य मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गरेको स्वाब संकलन पश्चात भएको पीसीआर परीक्षणमा १५ जनामा संक्रमण पाइएको छ ।
अख्तियार परिसरमा एक सय ८२ जनाको स्वाब संकलन गरिएको थियो जसमा १५ जनामा संक्रमण देखिएको हो । कोरोना देखिएका १५ जनामध्ये धेरै जसो सुरक्षाकर्मी रहेका छन्।
अख्तियारको अप्रेसनका लागि खोटाङ गई फर्किएका एक प्रहरी अधिकारीमा कोरोना संक्रमण देखिएपछी उनको सम्पर्कमा रहेकाहरुको स्वाब संकलन गरी परीक्षण गरिएको हो ।
त्यस्तै आज इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्रधानमन्त्री निवास बालुवाटारभित्र स्वाब संकलन गर्दैछ ।