
काठमाडौं चुच्चेपाटीमा आफ्नै बाबुले घरायसी विवाद हुँदा छोरी र श्रीमतीमाथि थिनर प्रहार गरेको खुलेको छ । छोरीको आँखामा चोट लागेपछी तिलगङ्गा आखाँ अस्पताल लगिएको बुझिएको छ।
हेटौंडा घर भई चुच्चेपाटी बस्दै आएका राजन विष्टले विवादका क्रममा श्रीमतीलाई हानेको र सो क्रममा छोरीलाई पनि लागेको बताइएको छ ।
राजन पेशाले पेन्टर रहेको बुझिएको छ र मदिरा सेवन गरेर आएपछि प्रहार गरेको खुलेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवाालीका अनुसार थिनर प्रहार गर्ने बाबु प्रहरी नियन्त्रणमा छन ।
अपडेट: एसिड छ्यापेको भनिए पनि थिनर प्रहार भएको बुझिएको छ|
अपडेट पश्चात्, समाचार शिर्षक (एसिड बाट थिनर )परिवर्तन गरिएको जानकारी गराउँदछौ ।