९ बैशाख २०८२, मंगलवार

आज र भोली दिनभरजसो उपत्यकाको विभिन्न क्षेत्रमा विद्युत आपुर्ती अवरुद्ध

electricity
फाइल फोटो

नेपाल विद्युत् प्राधिकरणले शुक्रबार र शनिबार राजधानी काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ ।

प्राधिकरणका सूचना अधिकारी लीलाकुमारी अर्यालका अनुसार पुल्चोक वितरण केन्द्रको टेकु चक्रपथ फिडरबाटवितरीत ११ केभी लाइनमा नयाँ फिडर तान्नका लागि विद्युत् कटौती गर्न लागिएको हो ।

प्राधिकरणका अनुसार बागडाेल एरीया आसपास, सनराईज टावर अफलाेडल, सानेपा रिग‌राेड बाहिर , खाद्य गाेदाम आसपास, चाइनिज क्याम्प एरिया लगायत यस फिडरबाट सप्लाइ लिएका क्षेत्रहरुमा विद्युत् कटौती हुनेछ । शुक्रबार र शनिबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उक्त फिडर अन्तर्गतका क्षेत्रमा विद्युत् कटौती हुने छ ।

प्राधिकरणले तोकिएको काम समय अगावै सम्पन्न भएको खण्डमा विद्युत् पुनःप्रवाह हुने जनाएको छ ।